क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको जित !

काठमाण्डौँ - क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले जितेको छ । 

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।