१२ निर्माण कम्पनी कालोसूचीमा !

 काठमाडौँ - नेपाल सरकारले समयमा काम नगर्ने १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखेर पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

ती कम्पनीहरु एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका हुन् ।