प्रधानमन्त्रीले आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आज बिहान कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका हुन् ।

माओवादीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्गत आज हुन लागेको साक्षात्कार बिहान नौ बजेदेखि शुरू हुने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर–९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुनेछ ।