एसएसपी लुइँटेलले अवकाशअघि नै किन दिए राजीनामा ?

 काठमाडौँ - नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी मधुसुदन लुइँटेलले अनिवार्य अगाडि नै राजीनामा दिएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानका सहनिर्देशक लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

लुइँटेलले प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० सन्दिप भण्डारी समक्ष राजीनापत्र बुझाएका थिए । प्रतिष्ठानले प्रहरी प्रधान कार्यालय पठाएपछि त्यहाँबाट राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० कुवेर कडायतले जानकारी दिए ।

एसएसपी लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएको उनले जनाएका छन् । एसएसपीबाट डीआईजीपीमा बढुवा हुन पाएको भए उनले थप एक वर्ष सेवा गर्न पाउने थिए । लुइँटेल २०७७ पुस २७ गते प्रहरी उपरीक्षक ९एसपी० बाट एसएसपी बढुवा भएका थिए । उनले करिब तीन वर्ष एसएसपीको जिम्मेवारी सम्हालेका छन् ।

एसएसपी हुँदा उनले प्रहरी तालिम केन्द्र जर्गाह नवलपरासी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा बसेर काम गरेका थिए । प्रहरी निरीक्षक ९इन्सपेक्टर० मा प्रहरी सेवा प्रवेश गरेका लुइँटेलले २८ वर्ष सेवा गरेका छन् । सात महिनाअघि नेपाल प्रहरीका १३ एसएसपीको डीआईजीमा बढुवा हुँदा लुइँटेल छुटेका थिए । लुइँटेलसँगै छुटेका एसएसपी चक्रबहादुर सिंह र राजेन्द्रसिंह खड्का अनिवार्य अवकाशमा गइसकेका छन् ।