विश्वकप फुटबल २०२६ : नेपालले लाओससँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ - विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले लाओससँग प्रतिष्पर्धा गर्दैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंशालामा बिहीबार साँझ साढे पाँच बजे सुरु हुने छ ।

उक्त खेलका लागि सम्पूर्ण तयारी गरिसकेको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन् । खेलअघि बुधबार ललितपुरमा आयोजित प्रिम्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले पहिलो विश्वकप छनोट नेपालका लागि अवसर भएको बताए ।