नेपालको चुच्चे नक्शाबारे एमाले महासचिव पोखरेलले गराए चीनको ध्यानाकर्षण

 काठमाडौँ - चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ ।

सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा महासचिव पोखरेलले नेपाल चुच्चे नक्शाबारे चीनलाई जानकारी गराएका छन् । पोखरेलले १८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराउँदै त्यसले गर्दा नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नुपरेको बताएका छन् ।

चुच्चे नक्साको सन्दर्भमा नेपाललाई चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहिएको धारणा राखे । महासचिव पोखरेलले आफूहरू एक चीनको पक्षमा दृढ रहेको बताउँदै नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्ने स्पष्ट पारे । एमालेले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पोखरेलले बताए ।