सरकार गठनसम्बन्धी ५ स्टेपसम्मको व्यवस्था राख्नु नै त्रुटि भएको उपेन्द्र यादवको दाबी

काठमाण्डौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै त्रुटि भएको दाबी गरेका छन ।
सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या सिर्जना भएको बताएको हो । उनले कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यस खालका घटना समान्य हो भने । 

संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए । तर, हाम्रो सिस्टममै दोष छ ।संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्ने उनको भनाई थियो । संसदीय प्रावधान बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नु पर्ने बताए ।