आर्थिक अभावमा सहकारी पिडितको मृत्यु भएपछि बाकसमा शव बोकेर विरोध प्रदर्शन

काठमाडौँ । आर्थिक समस्याको कारण सहकारी पिडितको मृत्यु भएपछि शव बोकेरे विरोध प्रदर्शन गरिएको छ ।

आइतबार काठमाडौँमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रर्दशनमा निस्किएका हुन् ।

सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनका आफन्तहरूले जनाएका छन् ।

स्थापितको मृत्युलाई हत्या भएको भन्दै उनीहरूले भनेका छन्, ‘निमुखा पीडितलाई औषधि उपचार पनि गर्न नपाई मर्नु पर्ने ? सहकारी पिडितलाई एक एक गरि मर्दै जानेछन् ।’

स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ । संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको मृत्यु भएको थियो ।

कुनै सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ ।