सत्ताको लागि भन्दा पनि समाज परिवर्तनको लागि राजनिति गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तनको लागि नभएर समाजको विकासको लागि राजनिति गर्नुपर्ने बताएका छन् ।

आज आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्ने बताउँदै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएप्रति चिन्ता व्यक्त गरे ।

उनले खेलकुदको विकास गर्न डिजिटल प्रविधिको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताए।

उनले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए।  स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताए।