आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ - बुधबार स्थिर रहेको सुनको मूल्य आज आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतिकित्ता १ लाख ४३ हजार ४ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।