अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर जनकपुरका २८ वर्षीय राजु झाको मृत्यु

काठमाडौँ । अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा जनकपुर घर भएका २८ वर्षीय राजु झाको डुबेर मृत्यु भएको छ ।

झा २०१९ मा साउदर्न इलिनोइस युनिभर्सिटी कार्बोन्डालेमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्नका लागि अमेरिका गएका थिए । मास्टर्स डिग्री पूरा गरेपछि उनले जाकोब इन्जिनियरिङ पोर्टल्यान्डमा २०२१ मा काम थालेका थिए ।

शनिबार बेलुका २८ वर्षीय नेपाली युवक आफ्ना साथीहरूका साथ पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए । 

उनका साथीहरूका अनुसार उनी पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ । 

झाको शव नेपाल पठाउनका लागि गो फन्डमार्फत सहयोग मागिएको जनाएका छन् ।