खिम्ती जलविद्युत् आयोजनाको नयाँ पीपीएमा अन्योल

काठमाडौँ - हिमाल पावर लिमिटेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता पीपीएको म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र नर्वेजियन कम्पनी हिमाल पावर लिमिटेड आ आफ्नो अडानमा कायमै रहँदा नयाँ पीपीए हुन नसकेको हो ।

नेपाल विद्युत् प्राधिकरण र हिमाल पावरबीच शुरूमा २०५१ मङ्सिरमा खिम्तीको बिजुली खरीदविक्री सम्झौता भएको थियो । प्रारम्भिक पीपीए २० वर्षका क्षमताको उक्त लागि थियो ।

६० मेगावाट आयोजनाबाट अचेल वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन भइरहेको छ । यो आयोजनाबाट ५० वर्ष विद्युत् उत्पादन गर्ने अनुमति हिमाल पावर लिमिटेडलाई छ ।

हिमाल पावरमा बुटवल पावर कम्पनी लिमिटेड बीपीसीको १७ प्रतिशत र नर्वेजियन कम्पनीहरूको ८३ प्रतिशत शेयर छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।