बिहीबार सुन कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ - नेपाली बजारमा आज बिहीबार सुनको मूल्य यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बुधबारकै मूल्य प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।