आजको शेयर बजार : नेप्से ३.३४ अंकले घट्यो, ५७ करोड ८८ लाखको कारोबार

 काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनीको अग्रिम स्थानमा छ । यसको आज ३ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर र शिभम् सिमेन्टको कारोबार भएको छ ।