आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

काठमाडौँ - मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा तोकिएको छ। सोमबार  एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको थियो ।

यता युरोपियन युरोको भाउ पनि बढेको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा रहेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ। अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।