'बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन दुई अर्बले बढ्यो' : राष्ट्र बैंक

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन २ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २६ चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २५ चैतसम्म बैंकहरूको निक्षेप ५४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो ।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप २ अर्बले बढेर ४७ खर्ब ९६ अर्बमा पुगेको छ । २५ चैतसम्म वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ९४ अर्ब रहेको थियो। यता, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी भने घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी १ अर्बले बढेर ४८ खर्ब २४ अर्बमा पुगेको छ । २५ चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो । वाणिज्य बैंकहरूको पनि कर्जा लगानी भने स्थिर रहेर ४२ खर्ब ७८ अर्ब रुपैयाँ नै रहेको छ ।