'बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले छाड्दैन' : अर्थमन्त्री डा. महत 

काठमाण्डौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नु गलत हुने बताएका छन् । 

मेडिकल बिचौलिया दुर्गा प्रसाईंलगायतले बैंकको सडकबाट ऋण नतिर्ने खुल्ला चुनौती दिइरहेका बेला अर्थमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले ऋण लिएपछि तिर्दिनँ भन्न नमिल्ने बताए ।