आजको शेयर बजारमा नेप्से साढे १० अङ्कले घट्यो, कारोवार रकम कति ? 

काठमाण्डौँ - शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५० अङ्कले घटेर दुई हजार ८५ दशमलव ८२ विन्दुमा झरेको छ ।

आज विकास बैंक, हाइड्रोपावर र म्युचल फन्ड बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त र कुथेली बुखारी हाइड्रोको शेयर १ प्रतिशतले बढेको छ । आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब आठ करोड रुपैयाँमा कारोबार भयो । हिमालयन रिइन्सुरेन्सको ६२ करोड रुपैयाँको शेयर किनबेच भयो ।