राष्ट्रपति पौडेल र आयरल्याण्डका माथिल्लो सभाध्यक्ष बुट्टीमेरबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँगे आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गरेका छन्।

आज बिहीबार राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।

सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेको राष्ट्रपति पौडेलले बताए।