कालीमाटीमा आज कुन तरकारीको भाउ कति छ ? 

काठमाण्डौँ - कालीमाटीमा आज चाइनिज प्याजको न्यूनतम मूल्य प्रतिकिलो २८० रूपंयाँ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूचीमा हरियो प्याजको मूल्य ७० रूपैयाँ प्रतिकिलो उल्लेख छ ।

त्यस्तै रातो आलुको भाउ प्रतिकिलो ४८ रूपैयाँ, सेतो आलु ३८ रूपैयाँ, पिडालु ५० रूपैयाँ, रातो मूला १२ रूपैयाँ, सेतो लोकल मुला १ रूपैयाँ तोकिएको छ ।

त्यस्तै लोकल काउली १२ रूपैयाँ प्रतिकिलो, ज्यापु काउली २० रूपैयाँ, सुकेको लसुन २६० रूपैयाँ, हरियो लसुन ९० रूपैयाँ, सुकेको छ्यापी २ सय रूपैयाँ, भन्टा २५ रूपैयाँ तोकिएको छ । गोलभेडाको भाउ भने आज स्थिर छ। नेपाली ठूलो गोलभेडा ६० रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रूपैयाँ तोकिएको छ भने सानो लोकल गोलभेडा १५ रूपैयाँ र टनेलको गोलभेडाको भाउ २५ रूपैयाँ प्रतिकिलो छ ।