यूएईमा हुने कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने

काठमाडौँ - यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९यूएनएफसीसीसी० का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन ९कोप–२८० यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको छ ।

कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ डा। पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सहभागिता हुनेबारे जानकारी दिए । प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ ।

सबै क्षेत्रबाट सुझाव सङ्कलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइने विकास व्यवस्थापन विज्ञ जेन्टलले बताए । सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेका थिए । यसले नेपालको जलवायुका मुद्दालाई धेरै उचाइमा पु¥याएको विज्ञको भनाइ छ ।