राप्रपाको केन्द्रीय समिति पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने

काठमाण्डौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक बस्नेबारे जानकारी गराएका हुन् ।