कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ - सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्नेछ ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।