राष्ट्रिय सभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ? 

 काठमाडौँ - राष्ट्रिय सभाको बैठक आज मंगलबार बिहान ११ः०१ बजे बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजकै बैठकमा काननु, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गरूङले “विधायन सम्बन्धी विधयक,२०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्”भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।