नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश ल्याउन, घाइतेको उपचारका साथै बेपत्ताको खोजी र नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

भविष्यमा घट्नसक्ने यस्ता घटनाको पूर्व आंकलन गरेर विदेशस्थित नियोग र दूतावासमार्फत नेपालीहरूको विवरण अद्यावधिक गरी पूर्ण तयारी अवस्था रहने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति राजकिशोर यादवले जानकारी दिए ।