चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत सिफारिस  

काठमाडौँ । सरकारले कांग्रेस नेत्री चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राजदूत सिफारिस भएसँगै अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएमा नियुक्त हुनेछिन् ।