असोज १५ देखि आनी छोइङ डोल्माको मेची-महाकाली उद्धार अभियान सुरु हुने

काठमाडौँ । देशविदेशको सांगीतिक टुरपछि आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियानमा निस्कने भएकी छन् ।

गायनसँगै समाजसेवामा सक्रिय रहेकी आनी छोइङ असोज १५ गतेदेखि  अभियानमा निस्कने लागेको आनीले बताइन् ।

४० दिनसम्म चल्ने उक्त अभियान प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेसँगै आनीसहितको टोली देशको विभिन्न भागमा पुग्नेछ ।

सामाजिक संस्था मानव सेवा आश्रमसँग मिलेर आनीले अभियान चलाउन लागेकी हुन् । अभियान अन्तर्गत अशक्त, अपांग, विपन्न, असहायलाई उद्धार गरी औषधोपचार गर्ने, जीविकोपार्जनमा सघाउने, मानिस भन्दा नभएर जनावरलाई पनि उद्धार गरेर औषधोपचार र स्याहार गर्ने उद्देश्य छ ।