उपसभापति रानालाई राजीनामा द्रिएर मार्ग प्रशस्त गर्न सांसद बास्कोटाको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बास्कोटाले निरन्तर पीडित हुनुभन्दा पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

“व्यक्तिगतरूपमा निरन्तर पीडित हुनुभन्दा खुला किताब र सबैका निम्ति पारदर्शिता प्रदर्शन गर्न मार्ग प्रशस्त गरे हुन्छ,” उनले भने । उनले लोकतन्त्रमा आफूलाई सही प्रमाणित गर्ने अवसर कानुनी राजमा हुने बताए । उनले प्रश्न उठाउँदैमा चीरहरण नहुने जवाफ पनि दिए ।

“कतिपय साथीहरूले भन्नुभयो, लोकतन्त्रको चीरहरण हुन्छ । उहाँमाथि प्रश्न उठाउन मिल्दैन,” उनले भने, “लोकतन्त्र नै त्यो व्यवस्था हो । जसले सबैप्रश्न उठाउन पाउँदछ ।”

उनले आफूमाथि आरोप लागेपछि राजीनामा गरेको सन्दर्भ पनि सुनाए । “पटकपटक प्रश्न उठिसक्यो । कयौंँ दृष्टान्त पनि छन् । एउटा प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ, ममाथि छानबिन गरियोस् । दोषी भए प्रमाणित गरियोस् । यति आँट राजनीतिक मान्छेसँग हुनुपर्छ,” बास्कोटा भन्छन् ।

उनले प्रश्न उठेपछि आफ्नो पदबाट मार्गप्रशस्त गरे के बिग्रन्छ त रु भनी प्रश्न गरे । सांसदहरूबारेमा प्रश्न उठे के गर्ने भन्ने कानुन बनाउनुपर्ने उनको भनाइ छ ।

उपसभामुखमाथि निर्णय संसद्ले गर्ने भन्दै भ्रम फैलाइएको भनाइ उनको छ । “सरकारले कुनै निर्णय गर्‍यो कि गरेन । त्यो सरकारको विषय हो र रु संसद्को बिजनेस हो । किन भ्रम फैलाएको रु,” बास्कोटाको प्रश्न छ ।