कति छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ ।
आज पनि अमेरिकी डलरको मूल्य केही घट्दा अरु कतिपय विदेशी मुद्रको मूल्य भने बढेको छ । हिजो बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज थोरै घटेको हो ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा थियो ।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४० रुपैयाँ १५ पैसा थियो । आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६३ र बिक्रीदर ३५७ रुपैयाँ २२ पैसा थियो ।