बसको ठक्करबाट घाइते आमाछोराको मृत्यु  

काठमाडौँ । रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते भएका आमाछोराको उपचारको क्रममा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका–६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो। उनीहरु तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगरमा बस्दै आएका थिए। 

आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बाटो काट्ने क्रममा असार २१ गते उनीहरुलाई लु २ ख ६८८८ नम्बरको बसले ठक्कर दिएको थियो।