आजको शेयर बजार : नेप्से स्थिर, तीन अर्ब ७९ करोडको कारोबार

काठमाडौँ - नेप्से परिसूचक ०.८० अंकले घटेर बन्द भएको छ । परिसूचक ०.०४ प्रतिशतले घटेर २०७६.९६ विन्दुमा बन्द भएको हो ।

आर्थिक वर्ष सकिन लाग्दा लगानीकर्ता पनि आफ्नो हिसाब मिलानमा लागेका छन् । आउँदो आर्थिक वर्षको मौद्रिक नीति समेत ल्याइने क्रममा छ । त्यसले गर्दा पनि लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ ।

सोमबार तीन अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

यस दिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २९३ धितोपत्रका एक करोड ११ लाख ८२ हजार ३३५ कित्ता खरिद–बिक्री भएको छ ।
सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह छ । यो समूहको परिसूचक २.७१ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.७२ प्रतिशतले घटेको छ ।