आज ८ अंकले बढ्यो सेयर बजार, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । लगातार केही दिनदेखि ओरालो लागिरहेको बजार सोमबार भने ८ अंकले बढेको हो ।

आज नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढेर २०८२ दशमलव ०२ को विन्दुमा पुगेको छ । सोमबार ३१४ कम्पनीका ७१ हजार ९ सय ४८ पटकको कारोबारमा १ करोड १६ लाख ३४ हजार ६ सय १८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४९ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ८६ अंकले बढेर ३६९ दशमलव ०५ को विन्दुमा पुगेको छ । १७६ कम्पनीको सेयर भ्यालु बढ्दा ६१ वटाको घटेको छ भने ९ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा को परिसूचक घटेर बन्द भएको छ भने ७ वटा बढेको छ ।