आफूविरुद्ध गरिएका अनर्गल प्रचारको कानुनी उपचार खोज्ने पारसको चेतावनी   

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूविरुद्ध पदीय लाभ लिन गरिएका अनर्गल प्रचारको कानुनी उपचार खोजिने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले क्रिकेट क्षेत्रकै आँच आउने गरी गरिएका अनर्गल प्रचारविरुद्ध कानुनी उपचार खोजिने बताएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका खड्काले आफूले खेलाडीको रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा र संघको गरिमामाथि नै आँच आउने गरी पदीय लाभ लिन गरिएका अनर्गल प्रचारको उचित छानबिनसहित संस्थागत रूपमै कानुनी उपचार खोज्ने बताएका हुन् ।

‘मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिनेछ,” खड्काले फेसबुकमा लेखेका छन् ।

व्यक्तिगत राजनीतीक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विश्वकपमा सक्दो हौसला प्रदान गरिदिन उनले आग्रह गरेका छन् ।