आइपीओ जारी गर्दै ट्रष्ट माइक्रो इन्सुरेन्स

काठमाडौँ । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सोही प्रस्तावसहित असार २२ गते वार्षिक साधारणसभा बोलाएको हो।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सुरू हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ।

सभाले सञ्चाल समितिको निर्वाचन समेत गर्ने जनाइएको छ। यसका साथै उक्त सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा रहेको कम्पनीले जनाएको छ।