आजको शेयर बजार : नेप्से २.४३ अंकले बढ्यो, कारोबार ५९ करोडमा सीमित

 काठमाडौँ - आज सेयर बजार सामान्य घटेको छ ।  बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।

बुधबार बजारलाई लिड गर्ने बैंकिङ, विकास बैंक सहित होटल तथा पर्यटन, लगानी, जीवन बीमा लगायतका उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी, हाइड्रोपावर उत्पादनमूलक लगायतका उपसूचक भने बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ०.६ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सामान्य गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५९ करोडमा सीमित भएको छ ।