मन्त्रिपरिषदका २५ निर्णयहरु के-के छन् ? {सूचिसहित}

काठमाण्डौँ - सरकारको मन्त्रिपरिषद बैठकले २५ वटा निर्णय गरेको छ । 

बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको हो ।

बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीलाई स्‍वीकृति दिएको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिएको छ। भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन उनी भ्रमणमा जान लागेकी हुन् ।

विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ अमेरिकी डलर करिब एक अर्ब २० करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।