दुई करोड रूपैयाँ मागेको प्रकरणमा रवि लामिछाने आफैँले उजुरि दिने

 

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँ मागेको प्रकरणमा सभापति रवि लामिछाने आफैँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएका छन् ।

भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने उनले बताएका छन् ।