बीमाको पैसा खाइदिने नायब सुब्बा र सूर्यज्योतीका कर्मचारी पक्राउ

काठमाडौँ - वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु एका नेपालीहरुले बीमा बापत पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपती अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जिवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् ।

मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बिमा बापतको रकम मृतक आफन्तहरूलाई दिलाई दिन्छु भन्दै बीमाबापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको पाइएको थियो । सोहि आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका राम बहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौं गोगंबुबाट पक्राउ गरेको थियो । 
विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनिको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु सहित फेला पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न अधिकारीलाई शुक्रबार काठमाडौं महानगरपालिका–११ बाट र बुढाथोकीलाई शनिबार भक्तपुर,भक्तपुर नगरपालिका–१० कमलविनायकबाट पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।