कांग्रेस, राप्रपा र लोसपाको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि अवरूद्ध भएको छ ।

आकस्मिक समय सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरूले उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले संसद्को कार्यसूचीमा भएका सबै विषय हटाइएको जानकारी दिएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते ११ बजे बस्नेछ । मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।