केन्द्रीय बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाडौँ - नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० बैशाख २६ गते परिपक्व हुनेछ। ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० असार २६ गते परिपक्व हुनेछ।