प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ - प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । 

संघीय संसद्को सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।