घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ  - सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।  आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १  लाख ९ हजार ३००  रुपैयाँ र तेजाबी सुन प्रतितोला १  लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १  लाख  १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५००  रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। 
आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भएको थियो।

आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।