पूर्व महाप्रबन्धक प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा, कसुर प्रमाणित भएन

काठमाडाैँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेप प्रकरणका कारण निलम्बित पूर्व महाप्रबन्धक प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको विस्तृत अनुसन्धानबाट दोषी पुष्टि नभएपछि प्राधिकरणको संचालक समितिले निलम्बन फुकुवा गरेको प्राधिकरण स्रोतले जनाएको छ।

‘अस्तिको बोर्डको बैठकबाट यो निर्णय भएको हो। सुरुमा एउटा अडियो भेटिएर त्यतिखेर संचालक समितिबाट तत्काल छानबिनका लागि भनेर निलम्बन गरिएको थियो। जुटाइएका प्रमाण अख्तियार पठाइएको थियो। थप प्रमाण नै नजुटेपछि निलम्बन फुकुवा गरिएको हो,’ स्रोतले भन्यो।