भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम मौका !

काठमाडौँ - भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।  आज कार्यालय समयसम्म लगानीकर्ताले आवेदन दिन पाउने छन्।

कम्पनीले चैत २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी गरेको आईपीओमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।