मोबाइल चलाउन नपाउँदा  १३ वर्षिय बालकले गरे आत्महत्या

काठमाडौँ ।  मोबाइल चलाउन नपाउँदा तनहुँमा एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्लाको भानु नगरपालिका वडा नम्बर- ९ बडहरेका १३ वर्षीय पर्वत सुनारले आत्महत्या गरेका हुन् ।

उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।