नेप्से परिसूचकमा वृद्धि, २ अर्ब ९२ करोड बराबरको शेयर कारोबार

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अंकले वृद्धि भएको छ।

आइतबार नेप्से परिसूचक २२.१० अर्थात १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ बिन्दुमा बन्द भएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ।

आइतबार कारोबारमा आएका ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावरबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ। जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेप्से परिसूचक बढेसँगै विन लघुवित्त र जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७.९४ प्रतिशतले बढेको छ।

चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशतले घटेको छ। आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।