कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ - कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको उक्त सेयर बैंकले बिक्रीमा ल्याएको हो ।

यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनुपर्नेछ । सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।