काठमाडौँ - माओवादी धारका दलले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने भएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार सूर्यकिरणले बताए ।
शान्ति प्रक्रियामा सहयोग पुर्याएका सरोकारवालाबीच अन्तरक्रिया निर्णय भएको उनको भनाइ छ ।