वातावरण प्रतिकूल हुनेगरी काम गरे दश लाख जरिबाना गराउने काठमाडौँ महानगरको चेतावनी 

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले वातावरण प्रतिकुल हुने गरी काम गरे पाँचदेखि दश लाख सम्म जरिवाना तिराउने चेतावनी दिएको छ ।

वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदन विपरीत कुनै प्रस्ताव कार्यान्वयन गरेमा कारबाही गर्ने चेतावनी दिएको हो । 
वातावरण प्रतिकूल हुनेगरी कुनै पनि विकास निर्माण सम्बन्धी कार्य वा आयोजना निर्माण गरे कारबाही गर्ने महानगरको चेतावनी समेत दिएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ६ बमोजिम वातावरण प्रतिकूल हुनेगरी काम गरे पाँचदेखि दश लाख रुपैयाँसम्म जरिबाना हुने महानगरले चेतावनी दिएको छ ।

महानगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयसँग विकास निर्माण सम्बन्धी कार्य वा आयोजना सम्बन्धी काम गर्दा वातावरणीय परीक्षण कार्यविधि, २०७८ बमोजिम वातावरणीय अध्ययन गर्न÷गराउन महानगरले आग्रह गरेको छ ।