तनहुँमा जिप दुर्घटना : अर्का एक जनाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

तनहुँ - तनहुँमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । भने १० यात्रु घाइते भएका छन् । आज बिहान ९ः३० बजे भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नं।को जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो ।

जिपमा चालकसहित १२ जना यात्रु सवार थिए । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाडले बताए । 

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएकामध्ये जिपमा सवार नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको उनले बताए ।